+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

थाइल्यान्डमा प्रधानमन्त्री ओलीको लगानी कूटनीति : नेपाल-थाई व्यवसायी भेटवार्तामा सहकार्यको सम्भावना

जनवाच
२ हप्ता अगाडी

बैंकक, चैत्र २१ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरूसँग आज बैंककमा विशेष भेटवार्ता गर्दै नेपालमा लगानी गर्न आग्रहगरे  भएको छ। नेपालमा लगानीका नयाँ सम्भावनाहरूबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले हालसालै सुधारिएको कानुनी व्यवस्था र सरकारले प्रदान गर्ने लगानी सुरक्षाबारे प्रस्टपारे ।

प्रधानमन्त्री ओलीले नेपाललाई लगानीमैत्री देशका रूपमा चित्रित गर्दै थाई व्यवसायीहरूलाई ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र निर्माण उद्योगमा सहकार्यका अवसरहरू खोज्न सुझाव दिये ।

उनले   नेपालमा निजी क्षेत्रको भूमिका सशक्त रहेको बताउँदै थाई लगानीकर्ताहरूलाई नेपाली व्यवसायीसँग सहकार्य गर्न प्रेरित गरे ।

भेटवार्तामा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पछिल्ला नीतिगत सुधारहरूले विदेशी लगानीका लागि सहज वातावरण बनाएको उल्लेख गर्दै नेपालका छिमेकी मुलुक भारत र चीनजस्ता विशाल बजारको फाइदा उठाउन सकिने  बताए ।

“नेपाल लगानीको लागि मात्र होइन, उत्पादन पछिको निर्यात बजारका हिसाबले पनि निकै सम्भावनायुक्त गन्तव्य हो,” उनले भने ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल चैत १९ देखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमणमा रहेको छ। यस क्रममा नेपाल र थाइल्याण्डबीच दुईवटा सरकारी तथा छवटा गैरसरकारी सम्झौतामा हस्ताक्षर भइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ