+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

नेपाल बार एसोसिएसनको निर्वाचन : नयाँ पुस्ताको नेतृत्वमा मन्दिरा अधिकारीको दाबी

आगामी चैत २३ गते हुने निर्वाचनमा अधिकारीको उम्मेदवारीले कानुनी क्षेत्रभित्र नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने सम्भावनालाई बलियो बनाउने देखिएको छ।

जनवाच
२ हप्ता अगाडी

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनले कानुनी क्षेत्रको भविष्यलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ। यही सन्दर्भमा, अधिवक्ता मन्दिरा अधिकारीले बार एसोसिएसनको सदस्य (महिला खुला) पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

कानुन व्यवसायीहरूको हकहित र पेशागत सशक्तीकरणलाई प्राथमिकतामा राख्दै अधिकारीले आफू प्रतिस्पर्धामा उत्रिएको स्पष्ट पारिन्। उनले बार एसोसिएसनलाई केही सीमित समूहको पहुँचमा मात्र सीमित नराखी सबै कानुन व्यवसायीहरूको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्। “बार एसोसिएसनले सबै कानून व्यवसायीलाई समान अवसर प्रदान गर्नुपर्छ। संस्थाभित्र पारदर्शिता र विधिको शासन स्थापित गरिनुपर्छ,” अधिकारीको भनाइ छ।

अधिकारकाअनुसार, विशेष गरी महिला कानुन व्यवसायीहरू अवसरबाट वञ्चित हुने प्रवृत्तिलाई अन्त्य गर्दै, उनीहरूको सक्रिय सहभागिता बढाउने योजना छ। कानुनी व्यवसायमा नवप्रवेशीहरूलाई उचित मार्गदर्शन र पेशागत स्थायित्व दिन आवश्यक रहेको उनको तर्क छ। “नेपाल बार एसोसिएसनको भूमिका केवल चुनावी प्रक्रियामा सीमित हुनुपर्दैन, बरु संस्थाले कानुनी प्रशासनलाई सुधार गर्ने, न्याय प्रणालीलाई प्रभावकारी बनाउने र कानुन व्यवसायीहरूका समस्या समाधानमा अग्रसर हुनुपर्छ,” उनले थपिन्।

पछिल्लो समय, कानुनी क्षेत्रमा देखिएको असन्तुलन तथा संस्थाभित्र देखा परेका केही विसंगतिहरूलाई सुधार्ने उद्देश्यले आफू नेतृत्वमा आउन चाहेको अधिकारी बताउँछिन्। “नेपाल बार एसोसिएसनले कानून व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्न गुणस्तरीय तालिम, सूचना आदानप्रदान र नेटवर्किङ प्रवर्द्धन गर्नुपर्छ,” उनको योजना छ।

डेमोक्रेटिक लयर्स एसोसिएसनसँग आबद्ध अधिकारीले परिवर्तनको पक्षधर कानुनी पेशाकर्मीहरूसँग सहकार्य गर्दै, बार एसोसिएसनलाई सबैका लागि समान अवसरको संस्थाका रूपमा विकसित गर्न चाहेको बताइन्। महिलाहरूका लागि संस्थाभित्र अझ धेरै स्थान सुरक्षित गर्नुपर्ने आवश्यकतासमेत उनले औंल्याइन्।

बार एसोसिएसनको निर्वाचनले संस्थागत सुधार, पेशागत सुदृढीकरण तथा नेतृत्व परिवर्तनको अवसर सिर्जना गर्ने अधिकारीको विश्वास छ। “हामी सबै मिलेर पारदर्शी, सबल र अग्रगामी नेतृत्व चयन गर्नुपर्ने बेला आएको छ,” उनले जोड दिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ