काठमाडौं, २१ चैत । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरासहित ४१ जना व्यक्तिलाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीहरूलाई आपराधिक उपद्रव र संगठित अपराधको आरोपमा अनुसन्धान गर्न थुनामा राख्न आदेश जारी भएको हो।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, न्यायाधीश तारादेवी महर्जनको इजलासले बुधबार उनीहरूलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको बताए।
गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रको विरोध प्रदर्शनमा भड्किएको, तोडफोड र आगजनी गरिएको आरोपमा मिश्र र राणा सहित ४१ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उक्त घटनाका मुख्य योजनाकार दुर्गा प्रसाई भने फरार रहेका छन्।