काठमाडौं, २० चैत । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवादमा दायर रिटमाथि सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले मुद्दालाई पुनः हेर्दाहेर्दैमा राख्ने निर्णय गरेको छ।
निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्ति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको दाबीसम्बन्धी दुवै रिटमाथि मंगलबार र बुधबार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भएको थियो। तर, बहस नसकिएपछि अन्तिम टुंगो नलागी मुद्दा हेर्दाहेर्दैमै रहेको सर्वोच्च स्रोतले जनाएको छ।
यसअघि पटक–पटक स्थगित हुँदै आएको यो मुद्दालाई विशेष प्राथमिकताका साथ सुनुवाइ थालिएको थियो। अब यसबारे थप निर्णय आउनेसम्म कानुनी प्रक्रिया निरन्तर अघि बढ्नेछ।