काठमाडौं, २० चैत । नेपाली सेयर बजारमा आज उत्साहजनक वृद्धि देखिएको छ। नेप्से परिसूचक २५.३१ अंकले उकालो लाग्दै २७०१.४८ विन्दुमा पुगेर स्थिर भएको छ।
बजारमा आज लगानीकर्ताको उच्च सक्रियता देखिएको छ। एकै दिनमा १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर किनबेच भएको छ, जसअनुसार कुल कारोबार रकम ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ पुगेको छ।
आजको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य सकारात्मक देखिएको छ। कुल ३१८ कम्पनीमध्ये १६६ को सेयर मूल्य बढेको छ भने ७८ कम्पनी घाटामा गएका छन्। दिनभरमा ५३ हजार ८८४ पटक कारोबार भएको छ।