डीसा, बनासकाँठा – गुजरातको बनासकाँठा जिल्लास्थित डीसा नगरमा पटका गोदाममा भीषण आगलागी हुँदा कैयौं मजदुरको ज्यान गएको छ भने थुप्रै घाइते भएका छन्। प्रारम्भिक रिपोर्टअनुसार आगलागीका कारण गोदामको केही भाग भत्किएको छ, जसमा धेरै मजदुर फसेका थिए।
प्रहरीका अनुसार, सुरुवाती चरणमा ६ जनाको मृत्यु पुष्टि गरिएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी कार्य अघि बढ्दा मृतक संख्या थपिएको हो। घटनाका बेला कति मजदुर उपस्थित थिए भन्ने अझै स्पष्ट भइसकेको छैन।
घटनास्थलमा प्रहरीले उद्दार अभियान जारी राखेको छ भने नगरपालिकाका कर्मचारी, जिल्ला प्रशासन तथा अन्य उद्दार टोली गरी करिब २०० जना उद्दारकर्मी परिचालित भएका छन्।
भारतमा पटका कारखाना र गोदामहरूमा सुरक्षाका मापदण्ड पालनामा लापरबाही गरिने प्रचलनले गर्दा यस्ता दुर्घटनाहरू बारम्बार दोहोरिने गरेका छन्। प्रशासनले आगलागीको कारणबारे अनुसन्धान सुरु गरिसकेको छ भने क्षतिको विस्तृत मूल्यांकन भइरहेको छ।