+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

बजार अनुगमन सशक्त : उपभोक्ता ठगी रोक्न मन्त्री भण्डारीको कडा कदम

बजारलाई पारदर्शी र उपभोक्ता अनुकूल बनाउन निरन्तर अनुगमन र कडाइ गरिने विभागको स्पष्ट सन्देश छ।

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, १९ चैत – उपभोक्ताको हक र हितको रक्षा गर्दै बजारलाई स्वच्छ, पारदर्शी तथा प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलवार विभिन्न उद्योग तथा व्यवसायहरूमा कडा अनुगमन गरेको छ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ उल्लङ्घन गर्ने व्यवसायीहरूलाई विभागले कडा निर्देशन दिँदै आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ। यस क्रममा, स्पार्क अटो केयर प्रा. लि. (काठमाडौं-८) को बिक्री वितरण तत्काल रोक्का गरिएको छ भने थप छ वटा व्यवसायहरूलाई सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमनको क्रममा विभागले गौरङ्ग सारीज प्रा. लि. (काठमाडौं-३१), सी.जी. मोटर्स प्रा. लि. (ललितपुर-०२), एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा. लि. (विराटनगर-०९), सिजन आई.टी. (काठमाडौं-२२), अर्बन गेअर्स (काठमाडौं-३१) र गाभिनो फेशन वेयर (काठमाडौं-३१) लाई पनि कागजातसहित विभागमा हाजिर हुन निर्देशन दिएको छ।

यता, भी.जी. अटोमोबाइल्स प्रा. लि. (काठमाडौं) को बिक्री वितरण भने फुकुवा गरिएको छ।

विभागका अनुसार २० चैतदेखि जोखेर वा नापेर बिक्री गरिने वस्तु बाहेक सबै सामग्रीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरिएको छ। विभागका महानिर्देशक कुमार दहालका अनुसार साना सामानदेखि ठूला गाडीहरूसम्म एमआरपी स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनअनुसार उपभोक्ता ठगी नियन्त्रण गर्न विभागले सक्रिय कदम चालेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ