+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य/जीवनशैली

हुम्लाको चंखेलीमा आधुनिक स्वास्थ्य सेवा : पाँच शैय्याको अस्पताल निर्माण हुँदै

अध्यक्ष शाहीले अस्पताल निर्माणका लागि समन्वय गर्ने नेपाल सरकार, भारतीय दूतावास तथा अन्य सम्बद्ध निकायहरूप्रति आभार व्यक्त गर्दै निर्माण कार्य शीघ्र अघि बढाइने बताए।

जनवाच
२ हप्ता अगाडी

काठमाडौँ । दुर्गम जिल्ला हुम्लाको चंखेली गाउँपालिकामा स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित पाँच शैय्याको अस्पताल निर्माण हुने भएको छ। नेपाल सरकार, भारतीय दूतावास तथा स्थानीय तहबीच स्वास्थ्य तथा शिक्षा क्षेत्रको प्रवर्द्धनका लागि त्रिपक्षीय सम्झौता भएसँगै यस परियोजना अघि बढ्ने भएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास तथा नौ स्थानीय तहबीच प्रभावकारी सामुदायिक विकास आयोजनाअन्तर्गत स्वास्थ्य चौकी तथा विद्यालय संरचना निर्माणका लागि आर्थिक सहायता प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौताअनुसार, भारत सरकारको सहयोगमा हुम्लाको चंखेली गाउँपालिकामा पाँच शैय्याको अस्पताल निर्माण गरिनेछ।

चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार, अस्पताल निर्माण भएपछि स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्। उनले भने, “हुम्ला नेपालकै दुर्गम जिल्लामध्ये एक हो। यहाँका नागरिकलाई सुविधा सम्पन्न अस्पतालसम्म पुग्न लामो दूरी पार गर्नुपर्छ, जसका कारण धेरै बिरामीले अकालमै ज्यान गुमाउनुपरेको छ। नयाँ अस्पताल बनेपछि यहाँका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा आफ्नै गाउँपालिकामा उपलब्ध हुनेछ।”

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार, अस्पताल निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। अब छिट्टै टेन्डर आह्वान गरी निर्माण कार्य अघि बढाइनेछ। अनुमानित लागत २० करोड रुपैयाँ रहेको यस परियोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ