लिस्बन, चैत १९ – पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल ले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसा समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
लिस्बनस्थित राष्ट्रपति भवन बेलेम प्यालेसमा सोमबार आयोजित विशेष समारोह मा उनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। प्रमाणपत्र पेस गरेपछि राजदूत पौडेलले राष्ट्रपति सौसासँग शिष्टाचार भेटवार्ता गरेका थिए।
भेटवार्ताका क्रममा नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन, व्यापार, पर्यटन प्रवर्द्धन गर्न तथा पोर्चुगलमा नेपाली दूतावास स्थापनाबारे छलफल भएको बताइएको छ।
राष्ट्रपति सौसाले राजदूत पौडेललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल-पोर्चुगल सम्बन्धलाई अझै बलियो बनाउन पूर्ण सहयोग रहने आश्वासन दिएका थिए।
समारोहमा पोर्चुगलका विदेश राज्यमन्त्री नुनो साम्पाइओ, विदेश मामिला सचिवालयका महासचिव फ्रान्सिस्को रिबेरो तेलेस, अन्य कूटनीतिक अधिकारीहरू, राजदूत पत्नी रुपा पौडेल, तथा नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल को उपस्थिति थियो।