+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

नेपालद्वारा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई आर्थिक सहायता

प्रधानमन्त्री ओलीको यो भ्रमण थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा भएको हो। 

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, चैत १९ – नेपाल सरकारले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) लाई १ लाख अमेरिकी डलर आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले, नेपाल संस्थापक राष्ट्र भएकाले आर्थिक संकटमा रहेको संस्थालाई सहयोग गर्नुपर्ने ठहर गर्दै सो सहायता स्वीकृत गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो थाइल्याण्ड प्रस्थान गर्दैछन्। उनको भ्रमणको क्रममा, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन मा सहभागिता जनाउनुका साथै, बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ