काठमाडौं, चैत १९ – उपभोक्ताका लागि खुसीको खबर! नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ। नयाँ मूल्य आजदेखि लागू हुने निगमले जनाएको छ। कति घट्यो मूल्य?नयाँ समायोजनअनुसार:डिजेल र मट्टितेल – प्रतिलिटर २ रुपैयाँले घट्योहवाई इन्धन (आन्तरिक) – ७ रुपैयाँले घट्योहवाई इन्धन (अन्तर्राष्ट्रिय) – ५१ अमेरिकी डलरले घट्यो निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरेको जनाएको छ। पेट्रोलको मूल्य भने यथावत् रहेको छ।