नेपालको लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयान नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत, लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकलाई रु. १५,००० को नगद छुट, एक वर्षको सवारी कर, बाइक कभर, टी–शर्ट, र हेलमेट निःशुल्क प्रदान गरिनेछ ।
यो अफर भने नगदमा खरिद गर्ने ग्राहकमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
साथै, ग्राहकहरूको सुविधाको लागि एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ, जसअनुसार ग्राहकहरूले पुरानो स्कुटर साटेर नयाँ लुयान स्कुटर सहज किस्तामा लिन सक्नेछन् ।
लुयान नेपालले काठमाडौंभित्र १७ स्थानमा सर्विस सेन्टर तथा चार्जिङ पोइन्ट सञ्चालन गरिरहेको छ । यो भनेको नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्ड मध्ये सबैभन्दा धेरै हो । जसले गर्दा ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा उपलब्ध भइरहेको छ । साथै, नेपालभरका १३ प्रमुख शहरहरूमा लुयानको डिलर नेटवर्क रहेको छ ।
नेपालमा सबैभन्दा सस्तो, भरपर्दाे, र सर्वसुलभ इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा लुयान चिनिँदै आएको छ । राम्रो तान्ने क्षमता, आयल कुल्ड मोटर, र कम मर्मत खर्चका कारण लुयान स्कुटरहरू नेपाली ग्राहकहरूका लागि पहिलो रोजाइ बन्दै गएका छन् ।
लुयानको एमएनके ३ र एस ९० अहिलेको बढी बिक्रि भइरहेको मोडेलहरु हो । एमएनके३ को छुटपछिको मुल्य १ लाख ७७ हजार ६ सय र एस ९० को मुल्य २ लाख १ सय मात्र रहेको छ ।
नयाँ वर्षको सुरुवातलाई अझ विशेष बनाउन लुयान नेपालको यो अफर आगामी बैशाख मसान्त सम्मका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।