+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

ट्रम्पको तेस्रो कार्यकालको योजना :राजनीतिक ध्रुवीकरण बढ्दै

जनवाच
३ हप्ता अगाडी

वासिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो कार्यकालका लागि उम्मेदवार बन्ने संकेत दिएपछि अमेरिकी राजनीतिमा चर्चा चुलिएको छ । आइतबार एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले संविधान संशोधन गरेर तेस्रो कार्यकाल सम्भव हुन सक्ने बताएका छन् ।

हालको अमेरिकी संविधानअनुसार कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति बन्न सक्दैन । ट्रम्प सन् २०१७-२०२१ सम्म राष्ट्रपति भइसकेका छन् र हाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । यदि उनी तेस्रो कार्यकालका लागि अघि बढ्न चाहन्छन् भने, संविधान संशोधनको जटिल प्रक्रिया पार गर्नुपर्नेछ ।

संविधान संशोधन सम्भव छ ?

संविधान संशोधन गर्न अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स र माथिल्लो सदन सिनेट दुवैमा दुई-तिहाइ बहुमत आवश्यक पर्छ । त्यस्तै, ५० मध्ये ३८ राज्यहरूको अनुमोदन पनि जरुरी हुन्छ । हाल सिनेट र हाउसमा ट्रम्प समर्थक रिपब्लिकन सांसदहरूको संख्या आवश्यक बहुमतभन्दा निकै कम रहेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यदि ट्रम्पले तेस्रो कार्यकालका लागि संविधान संशोधन गर्न सकेनन् भने, वैकल्पिक उपाय खोज्न सक्छन् । सम्भावित योजनामा उनले आफू उपराष्ट्रपति बनेर कुनै विश्वासपात्र नेतालाई राष्ट्रपति बनाउने योजना बनाउन सक्छन्, जसरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००८ मा गरेका थिए । पुटिनले आफ्नो सहयोगी दिमित्री मेदभेदेवलाई राष्ट्रपति बनाएका थिए, जबकि उनी स्वयं प्रधानमन्त्री बनेर सत्ता नियन्त्रणमा बसेका थिए ।

ट्रम्पको तेस्रो कार्यकालबारेको बयानसँगै अमेरिकी राजनीतिक वृतमा चर्को बहस सुरु भएको छ । उनका समर्थकहरूले यसलाई जनताको चाहना भन्दै समर्थन गरेका छन् भने आलोचकहरूले यो प्रजातान्त्रिक मूल्यविपरीत रहेको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ