मिसेस नेपाल वर्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धि हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
आगामी भदौ १५ गते अडिसन राउण्ड हुँदै शुरु हुन लागेको मिसेस नेपाल वर्ड २०२४ को लागि राइड पार्टनरको रुपमा लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटरको बिक्रेता जीरो इमिसन राइड एनसँग आयोजक रिबन इन्टरटेनमेन्ट प्रा.लि.ले हस्ताक्षर गरेको हो ।
लुयान नेपालका प्रबन्ध निर्देशक दुर्वास नगरकोटी र मिसेस नेपालका सिइओ निसुु झा बीचमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा बोल्दै लुयान नेपालका प्रबन्ध निर्देशक नगरकोटीले भन्नुभयो-हामीे, (Luyuan Nepal) आफ्नो इलेक्ट्रिक स्कुटरको व्यवसायलाई सवारी साधनको भविष्यको रूपमा अघि बढाउँदै, Mrs. Nepal World जस्तो महत्वपूणर् प्रतियोगितालाई राइड पार्टनर (Ride Partner) को रुपमा support गर्न पाउँदा अत्यन्त गर्वित र उत्साहित छौं ।
हामी विश्व वातावरणको अनुकुल हुने इलेक्ट्रिक स्कुटर बिक्रेता भएको र आयोजकले पनि विश्व वातावरणमा योगदान पुग्ने गरी आफ्ना प्रतियोगीहरुलाई प्रशिक्षित गर्ने योजना समेत समावेश गरेकोमा हामी त्यसप्रति समर्थन जनाउँदै यो खालको सहयोग गर्ने निणर्य गरेका हौं ।
यस इभेन्टले पछाडि परेका गृहिणी महिलाहरुको क्षमता र दक्षतालाई पहिचान गरी उनीहरूलाई आफ्नो व्यक्तिगत साथै समाज र विश्व कै लागि सकारात्मक योगदान गर्न प्रेरित गर्दछ भन्नेमा हामी विश्वास गर्दछौं ।

निर्देशक नगरकोटीले अगाडि भन्नुभयो-हाम्रो कम्पनीको सामाजिक उत्तरदायित्वका रुपमा, हामीले सधैं सामुदायिक विकास र सामाजिक न्यायमा विश्वास गरेका छौं ।Mrs. Nepal World प्रतियोगिता महिलाहरुको सशक्तिकरणमा केन्द्रित एक प्रमुख प्लेटफर्म हो, जसले महिलाहरुको प्रतिभा, आत्मविश्वास, र नेतृत्व क्षमताको विकासका लागि उत्तम अवसर प्रदान गर्नेमा हामी आशावादी छौं ।
यस प्रतियोगितालाई support गर्नु केवल एउटा सहयोग मात्र नभएर हामीले हाम्रा मूल्य र प्रतिबद्धतालाई व्यावहारिक रुपमा प्रस्तुत गरेको एक उदाहरण हो । हामी आशा गर्छौं कि यस इभेन्टले महिलाहरुको सशक्तिकरणमा महत्त्वपूणर् भूमिका खेल्नेछ र उनीहरुलाई आफ्नो पूणर् क्षमता अन्वेषण गर्न प्रेरणा दिनेछ ।
आउँदो दिनहरूमा, हामी यस प्रकारका इभेन्टहरुसँग हाम्रो संलग्नतालाई अझै बलियो बनाउँदै लैजानेछौं, जसले समाजको हितका लागि सधैं कार्य गर्न प्रेरित गर्छ ।
कार्यक्रममा मिसेस नेपाल वर्डका आयोजक रिबन इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक आश्विनी झाले वातावरणीय सन्तुलनका लागि लुयान नेपालले गर्न चाहेको योगदान सह्राहनीय भएको उल्लेख गर्दै लुयान नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
रिबन इन्टरटेनमेन्टका सिइओ निशु झाले आजको समयमा जीरो इमिसनको म्यासेज समाज र विश्वलाई दिने कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
कार्यक्रम लुयान नेपालको मुख्य शोरुम रहेको स्थान नागपोखरीमार्गमा भएको थियो ।