+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

काठमाडौंमा शक्ति प्रदर्शन : गणतन्त्रवादी र राजावादीले फरक–फरक सभा गर्ने

बृहत् सहभागिता सुनिश्चित गर्न दुबै पक्षले आ–आफ्ना समर्थकहरूलाई विभिन्न जिल्लाबाट बसमार्फत राजधानी भित्र्याएका छन् । 

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, १५ चैत । काठमाडौं उपत्यका आज राजनीतिक प्रदर्शनको केन्द्र बन्ने भएको छ । गणतन्त्र समर्थक र राजसंस्था पक्षधरले छुट्टाछुट्टै स्थानमा विरोध सभा आयोजना गर्न लागेका छन् । गणतन्त्र समर्थक समूह प्रदर्शनीमार्गमा, जबकि राजावादीहरू तीनकुनेमा भेला हुनेछन् ।

गणतन्त्र पक्षधरहरूको प्रदर्शनको अगुवाइ समाजवादी मोर्चाले गरिरहेको छ, जसमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा संलग्न छन् । उनीहरूले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शनको आयोजना गरेको जनाएका छन् ।

राजसंस्था पुनर्स्थापनाका पक्षधरहरूको नेतृत्व पूर्वपञ्च नवराज सुवेदीले गरिरहेका छन्, तर प्रदर्शनको प्रत्यक्ष नेतृत्व व्यवसायी दुर्गा प्रसाईंले गर्नेछन् । उनीहरूले संवैधानिक राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै विरोध प्रदर्शन गर्न लागेका हुन् ।

आजको एसईई परीक्षा सकिएपछि दिउँसो १२ बजेबाट दुवै प्रदर्शनहरू सुरु हुनेछन् । दुई फरक समूहको प्रदर्शन एकै समयमा हुन लागेकाले काठमाडौं उपत्यकाभर सुरक्षा सतर्कता कडा पारिएको छ । सुरक्षा रणनीति अनुसार, राजसंस्थाका समर्थकहरूलाई चक्रपथ बाहिर सीमित गरिनेछ भने गणतन्त्रवादीहरूलाई चक्रपथ भित्रमात्रै प्रदर्शन गर्न दिइनेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार दुबै पक्षलाई सम्भावित झडपबाट रोक्न प्रदर्शनीमार्ग र तीनकुने छुट्टाछुट्टै सभा स्थल निर्धारण गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ