+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

अनलाइन जुवा तथा अभौतिक मुद्राको कारोबार गर्ने ११ जना भारतीय नागरिक पक्राउ

जनवाच
३ हप्ता अगाडी

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंमा संगठित रूपमा भइरहेको अनलाइन जुवा (सट्टाबाजी) सञ्चालनमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ। बौद्ध क्षेत्रको टोलेस्थित एक घरमा करोडौँ रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ परेकाहरूलाई प्रारम्भिक अनुसन्धानपछि २ अर्ब १६ लाख रुपैयाँभन्दा बढीको अवैध जुवा कारोबार सञ्चालन गरिरहेको खुलासा गरेको छ। साथै, उनीहरूले क्रिप्टोकरेन्सीमार्फत समेत लेनदेन गरिरहेको खुलेको छ।

प्रहरीले छापामार अभियानमा विभिन्न कम्पनीका २४ मोबाइल फोन, ५ ल्यापटप, ४ बैंक खाताको राहदानी प्रतिलिपि, १४ भारतीय बैंक खाताको चेकबुक, २७ भारतीय एटीएम कार्ड र ४० सिमकार्ड बरामद गरेको छ।

पक्राउ परेकाहरूको पहिचान
पक्राउ पर्नेहरू सबै भारतीय नागरिक हुन्, जसमा राजस्थान, उत्तरप्रदेश, बिहार र अन्य ठाउँका बासिन्दा रहेका छन्। पक्राउ परेकाहरू २१ देखि ३६ वर्ष उमेर समूहका छन्। प्रहरीका अनुसार, उनीहरू लामो समयदेखि अवैध अनलाइन जुवा सञ्चालन गर्दै आएका थिए।

प्रहरीले पक्राउ परेकाहरूलाई अदालतबाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान अगाडि बढाएको छ। यस प्रकारको संगठित अनलाइन जुवा नेपालमा बढ्दो प्रवृत्ति रहेको र यसलाई नियन्त्रण गर्न थप कडाइ गरिने प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ