गुल्मी – बाँदर धपाउन राखिएको विद्युतीय धरापले मानव जीवन नै लिने घटनाहरू बढ्दै गएका छन्। गुल्मीको मुसिकोट नगरपालिका-७ पल्टारमा विद्युत्को करेन्ट लागेर ६० वर्षीया चन्द्रकला कुमालको मृत्यु भएको छ।
प्रहरीका अनुसार बुधबार बिहान आफ्नै बारीमा काम गर्ने क्रममा बाँदर भगाउनका लागि जडान गरिएको विद्युतको तारमा छोइएपछि कुमाललाई करेन्ट लागेको थियो। गम्भीर घाइते अवस्थामा उनलाई तत्कालै उपचारका लागि लुम्बिनी वामी अस्पताल लगिए पनि बचाउन सकिएन।
गाउँघरमा बाँदर आतंक बढ्दै गएपछि किसानहरूले खेती जोगाउनका लागि विद्युतीय धराप जडान गर्ने क्रम बढेको छ। तर, यस्ता असुरक्षित उपायहरूले मानवीय क्षति निम्त्याउने सम्भावना बढ्दै गएको छ।