काठमाडौं – मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको दर उच्च देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को फागुन महिनामा मात्र २२८ वटा दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्, भने ३०६ जना घाइते भएका छन्। उपत्यका: ७६ घाइते, १ मृत्य कोशी: ७६ घाइते, १ मृत्य मधेश: ४८ घाइते, १ मृत्य बागमती: २४ घाइते गण्डकी: ७ घाइते लुम्बिनी: ४६ घाइते, ३ मृत्य कर्णाली: ५ घाइते सुदूरपश्चिम: २८ घाइते काठमाडौँ उपत्यकामा ७६ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ, जुन अन्य प्रदेशको तुलनामा धेरै हो। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउँदा चालकको ध्यान विचलित हुने, प्रतिक्रिया समय ढिलो हुने र दुर्घटना हुने सम्भावना अत्यधिक बढ्ने गर्छ।