+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

प्रभु बैंकका सीईओ शेरचनमाथि आर्थिक अनियमितताको आरोप, सीआईबीमा उजुरी

उजुरीकर्ताले शेरचनलाई पक्राउ गरी छानबिन अघि बढाउन, बैंकलाई भएको हानी नोक्सानी क्षतिपूर्ति सहित फिर्ता गराउन र दोषी प्रमाणित भए कानुनी कारबाही गर्न आग्रह गरेका छन्।

जनवाच
३ हप्ता अगाडी

काठमाडौं– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्ध आर्थिक अनियमितताको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दर्ता भएको छ। उनलाई बैंकिङ सम्पत्ति अनाधिकृत रूपमा परिचालन तथा अपचलन गरी बैंकलाई हानि पुर्याएको आरोप लगाइएको छ।

उजुरीअनुसार, शेरचनले अर्बिट कन्सल्टेन्सीसँग मिलेमतो गरी बैंकको वित्तीय कारोबारमा बाह्य व्यक्तिलाई अनधिकृत पहुँच दिएका थिए। प्रभु बैंकको कमलादी शाखामा अर्बिटका व्यक्तिलाई राखेर बैंकिङ कारोबार गोप्यताको नियम उल्लङ्घन गरेको उजुरीमा उल्लेख छ।

शेरचनमाथि विद्यार्थी कर्जा तथा अनलाइन भुक्तानी प्रणालीमा अनियमितता गर्दै बैंकको आम्दानी हिनामिना गरेको आरोप पनि लगाइएको छ। बैंकले पाउनुपर्ने कमिसन अर्बिट कन्सल्टेन्सीको खातामा दाखिला गरी, अनियमित रूपमा रकम बाँडफाँड गरिएको दाबी गरिएको छ।

उजुरीअनुसार, गुण ग्रुपको गुण सिनेमा र सुगत इनभेष्टमेन्ट प्रालिलाई दिएको २ अर्ब २६ करोड कर्जा उठाउने पहल नगरेको आरोप शेरचनमाथि लागेको छ। कर्जा समयमै असुल नगरी बैंकलाई घाटामा पार्ने नियत देखिएको भन्दै उजुरीकर्ताले कडा छानबिनको माग गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ