चित्लाङ, मकवानपुर – नेपालमा वैज्ञानिक अनुसन्धान र प्रविधिको विकासलाई तीव्र गति दिन स्थापना गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्थापनाको दोस्रो वर्षमै उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित यो विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अनुसन्धान वृत्ति प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ।
वि।सं। २०७९ साउन १८ गते संघीय संसदबाट पारित ऐनमार्फत स्थापना भएको यो विश्वविद्यालयलाई सरकारको नीति तथा कानुनी संरचनाले व्यापक स्वायत्तता प्रदान गरेको छ। यसले विश्वविद्यालयलाई नवप्रवर्तनमुखी तथा अनुसन्धान केन्द्रित बनाउन भूमिका खेलेको छ। छोटो समयमा नै छ जना अनुसन्धानकर्ताहरूले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २८ लाख भन्दा बढीको अनुसन्धान वृत्ति प्राप्त गरेका छन्।
अनुसन्धान वृत्ति प्राप्त गरेका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले विविध क्षेत्रमा वैज्ञानिक अध्ययन गर्दै
डा। किर्ति कुसुम जोशी – दिगो र लचक भवन निर्माणमा परम्परागत गिटीगढीको प्रयोग
डा। भूषण श्रेष्ठ – नेपालको औषधीय च्याउबाट स्वास्थ्य सेवा उत्पादनको सम्भावना
डा। सबिना श्रेष्ठ – चित्लाङका बिरुवाबाट प्राकृतिक खाद्य रङ्ग उत्पादन
डा। सर्वेश दास डंगोल – स्थानीय कोदो र चामलको संरक्षण तथा रोग पत्ता लगाउने प्रविधि
डा। रिजन महर्जन – प्रविधिको प्रयोग गरी प्लास्टिक फोहोर व्यवस्थापन
डा। झसनाथ अधिकारी सुबिन – मलिक्युलर डकिंग गणना निर्माण रेडी लिगांड डाटाबेसको विकास
विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान ९ल्ब्क्त्० बाट १२ लाख रुपैयाँको अनुसन्धान वृत्ति प्राप्त गरेका छन्। साथै, फिलिपिन्सको बहाए फाउन्डेसनबाट डा। किशोर तिमल्सिनाले २५ लाखको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गर्दै विपद् प्रतिरोधी तथा वातावरणमैत्री घरहरू निर्माण सम्बन्धी अध्ययन गरिरहेका छन्।
हाल विश्वविद्यालयले डिजिटल प्रविधि, अर्ग्यानिक कृषि, फरेस्ट बायोमटेरियल जस्ता पाँच वटा अनुसन्धान प्रयोगशालाहरू सञ्चालन गरिरहेको छ। निकट भविष्यमा साइबर सुरक्षा तथा डिजिटल फरेन्सिक प्रयोगशाला स्थापना गर्दैछ, जसले नेपालको डिजिटल सुरक्षा प्रविधिलाई मजबुत बनाउने लक्ष्य राखेको छ।