इटहरी, चैत १३ । सुनसरीको इटहरीस्थित मुख्य चोकमा रहेको सेन्टर प्लाजामा आज बिहान आगलागी भएको छ । बिहान करिब ९:३० बजेदेखि लागेको आगो नियन्त्रण गर्न दमकल परिचालन गरिएको छ ।
प्रहरीका अनुसार प्लाजामा रहेको होटलको बरन्डाबाट आगलागी सुरु भएको अनुमान गरिएको छ । आगलागीको कारण अझै खुल्न सकेको छैन ।
इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलसहित सुरक्षाकर्मी र स्थानीयको सहायतामा आगो नियन्त्रण प्रयास जारी रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।