+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

एनएमबि बैंकद्वारा वित्तीय साक्षरताको कार्यक्रम सम्पन्न: ३ हजारभन्दा बढीलाई प्रत्यक्ष लाभ

जनवाच
३ हप्ता अगाडी

काठमाडौं – एनएमबि बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशभर व्यापक वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ। बैंकले नेपालका सातै प्रदेशका विभिन्न शाखामार्फत विद्यालय र क्याम्पसमा वित्तीय सचेतना कार्यक्रमहरू आयोजना गर्दै वित्तीय ज्ञान अभिवृद्धिमा योगदान दिएको छ।

ग्लोबल मनी वीकको सन्देशलाई आत्मसात् गर्दै बैंकले विभिन्न शैक्षिक संस्थामा वित्तीय साक्षरता कार्यक्रमको आयोजना मात्र गरेन, प्रभातफेरीमार्फत समुदायमा समेत वित्तीय सचेतना फैलाउने कार्य गर्यो। बैंकले सामाजिक सञ्जालमार्फत पनि वित्तीय व्यवस्थापन, बचतको महत्त्व, डिजिटल बैंकिङ सेवाहरू र जिम्मेवार वित्तीय निर्णयसम्बन्धी जानकारी प्रदान गरेको जनाएको छ।

एनएमबि बैंकको यो अभियानबाट ३ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित भएको छ। बैंकले यसरी वित्तीय शिक्षा विस्तार गरेर ग्राहकहरूलाई सचेत बनाउन सफल भएको छ।

हाल २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टर सहित देशभर बैंकिङ सेवा प्रदान गरिरहेको एनएमबि बैंकले डिजिटल बैंकिङ र वित्तीय समावेशीकरणलाई सुदृढ गर्दै लैजाने प्रतिवद्धता जनाएको छ। वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरूले व्यक्तिहरूलाई जिम्मेवार वित्तीय निर्णय गर्न सक्षम बनाउने बैंकको विश्वास छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ