+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

कबाड व्यवसायीको मागप्रति अध्यक्ष प्रचण्डको चासो, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

जनवाच
३ हप्ता अगाडी

काठमाडौं – कबाड व्यवसायीहरूका समस्यालाई आपसी छलफल र समझदारीमार्फत हल गर्नुपर्नेमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोड दिएका छन्।

कबाड संकलन तथा व्यवसाय सञ्चालनमा आइरहेका अवरोधबारे कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या वार्ता र सहमतिबाट समाधान गर्नुपर्ने उल्लेख गरे।

“व्यवसायीहरूका जायज मागलाई छलफलमार्फत समाधान गर्दै सहज वातावरण सिर्जना गर्नुपर्छ,” अध्यक्ष प्रचण्डले भने, “मजदूर तथा व्यवसायीहरूलाई सास्ती दिएर समस्याको हल हुँदैन।”

व्यवसाय सञ्चालनका क्रममा काठमाडौं महानगरपालिकाले अवरोध पुर्‍याउँदै आएको गुनासो राख्दै संघर्ष समितिले अध्यक्ष प्रचण्डलाई तत्काल पहल गरिदिन आग्रह गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ