+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंका एसएसपी अधिकारीको डिजिटल कमाण्ड : सुरक्षालाई नयाँ मोडेलमा लैजाने तयारी

सुरक्षालाई डिजिटल युगसँग सँगै अगाडि बढाउन सकियो भने, अपराध नियन्त्रण अझ प्रभावकारी हुने  छ।

जनवाच
३ हप्ता अगाडी

काठमाडौं । काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जिल्लाको सुरक्षा व्यवस्थालाई डिजिटल माध्यमबाट सुदृढ गर्न निर्देशन दिएका छन्।

सोमबार, जिल्ला प्रहरी परिसरबाट उनले भर्चुअल माध्यमबाट काठमाडौंका विभिन्न वृत्त तथा प्रभागका प्रमुखहरूलाई निर्देशन दिएका हुन्। प्रविधिको प्रयोग गर्दै सुरक्षा व्यवस्थापनलाई थप चुस्त बनाउनुपर्ने उनको धारणा छ।

डिजिटल माध्यमबाट कमाण्डको प्रभावकारिता एसएसपी अधिकारीले ‘सुरक्षित उपत्यका’ अभियानलाई थप प्रभावकारी बनाउन सुरक्षा टोलीलाई निष्ठा, व्यावसायिकता र प्रविधिसँगै अघि बढ्न निर्देशन दिएका छन्। सुरक्षामा डिजिटल माध्यमको प्रयोगले कार्यसम्पादनको गति बढाउने उनको विश्वास छ।

उनले अपराध नियन्त्रणमा प्रविधिमैत्री रणनीति अवलम्बन गर्दै अनुसन्धानलाई चुस्त बनाउने र गस्ती व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

अभिव्यक्तिको चर्चा, कार्यशैलीको अपेक्षा काठमाडौं परिसरमा कार्यभार सम्हालेदेखि नै एसएसपी अधिकारी आफ्नो अभिव्यक्तिका कारण चर्चामा छन्। धेरैले उनको बोल्ने शैलीलाई लोभलाग्दो भनेका छन् भने केहीले उनी कार्यभन्दा अभिव्यक्तिमा केन्द्रित भएको टिप्पणी गरेका छन्।

तर, प्रहरी प्रमुख अधिकारीले आफ्ना निर्देशनहरू केवल शब्दमा सीमित नरही, कार्यान्वयनमा समान रूपले प्रभावकारी हुने बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ