काठमाडौं, ११ चैत – सार्वजनिक निर्माणका काम सन्तोषजनक रूपमा सम्पन्न नगरेका चार निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। यो निर्णयपछि ती कम्पनीहरू कालोसूचीमा परेको अवधिसम्म कुनै पनि सरकारी खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्। कालोसूचीमा परेका कम्पनीहरूकालोसूचीमा परेका कम्पनीहरूमा एस.डी. कन्स्ट्रक्सन (जनकपुर), अरनिको निर्माण कम्पनी (काठमाडौं), मनकामना सप्लायर्स (भोजपुर) र आर.एस.ए. कन्स्ट्रक्सन (काठमाडौं) रहेका छन्। अरनिको निर्माण कम्पनी (मुख्य व्यक्ति: ओम प्रकाश श्रेष्ठ) – ३ वर्ष सालझुण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना (अर्घाखाँची) को काम सन्तोषजनक नभएको भन्दै संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा सूचीमा परेको। आर.एस.ए. कन्स्ट्रक्सन (मुख्य व्यक्ति: रामशरण अधिकारी) – १.५ वर्ष पञ्चकन्या गाउँपालिका (नुवाकोट) को सिफारिसमा सूचीमा परेको। एस.डी. कन्स्ट्रक्सन (मुख्य व्यक्ति: निरज कुमार मिश्र) – १ वर्ष जिल्ला समन्वय समिति (बारा) को सिफारिसमा सूचीमा परेको। मनकामना सप्लायर्स (मुख्य व्यक्ति: गोमा श्रेष्ठ) – १ वर्ष पौवादुङ्मा गाउँपालिका (भोजपुर) को सिफारिसमा सूचीमा परेको । कालोसूचीमा परेका यी कम्पनीहरूले अब तोकिएको समयसम्म कुनै पनि सरकारी निर्माण ठेक्कामा भाग लिन पाउने छैनन्। सरकारी निकायले निर्माण कार्यको गुणस्तर सुधार गर्न तथा लापरबाही रोक्न यस्तो निर्णय लिएको हो।