+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुदै , विदेशी लगानी र नेपाली उत्पादन प्रवर्द्धनको ठूलो अवसर

जनवाच
३ हप्ता अगाडी

काठमाडौं । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने र विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हरेक वर्ष हुने यो व्यापार मेलामा यसपटक चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानका व्यापारिक प्रतिनिधिहरू सहभागी हुनेछन् ।

दशौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा ‘मेड इन नेपाल’ पेभेलियन रहनेछ, जसअन्तर्गत नेपाली हस्तकला, कृषि उत्पादन, उर्जा, पर्यटन, भवन तथा निर्माण सामग्रीजस्ता विविध क्षेत्रका उत्पादन प्रदर्शित गरिनेछ । साथै, वस्तुगत संघहरूको छुट्टै पेभेलियन रहनेछ, जसले नेपालको विविध उत्पादन क्षमतालाई उजागर गर्ने लक्ष्य राखिएको छ ।

मेलाको अर्को मुख्य आकर्षण विद्युतीय सवारी (EV) प्रदर्शन हुने जनाइएको छ । चारपांग्रे र दुईपांग्रे विद्युतीय गाडीहरू मेलामा राखिनेछन्, जसले नेपालमा हरित प्रविधिको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । साथै, चीन, कोरिया, जापान लगायतका विभिन्न मुलुकबाट व्यापारी प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ, जसले नेपाली उत्पादनको निर्यात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

व्यापार मेलाका अवसरमा विदेशी तथा स्वदेशी व्यवसायीबीच द्विपक्षीय भेटघाट र लगानी प्रवर्द्धनसम्बन्धी छलफलको व्यवस्था गरिएको छ । विशेषगरी अन्तर्राष्ट्रिय खरिदकर्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य राखिएको छ, जसले नेपाली उत्पादनलाई विश्वव्यापी बजारमा लैजान मद्दत गर्नेछ ।

व्यापार मेलामा करिब २० हजार स्वदेशी तथा विदेशी अवलोकनकर्ताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । मेलामा जेष्ठ नागरिक र फरक क्षमता भएका नागरिकहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यार्थीहरूलाई परिचयपत्रका आधारमा ५० प्रतिशत छुट दिइनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न जिल्लाहरूमा आयोजित व्यापार मेलाका उत्कृष्ट स्टल तथा उत्पादनहरूलाई नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा निःशुल्क स्टल उपलब्ध गराउने निर्णय गरेको छ । साथै, २०८१ चैत ११ गतेदेखि स्टल बुकिङ खुला गरिएको महासंघले जानकारी दिएको छ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजना हुन लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ