बि.सं २०८१ चैत ८, ई.सं २०२५ मार्च २१, शुक्रबार
काठमाडौं – नेपाल सम्बत ११४५ चिल्लागा सप्तमी, चन्द्रमा वृश्चिक राशिमा, सूर्य मिन राशिमा। आज नेपालमा सूर्योदय बिहान ०६:०९ बजे, सूर्यास्त साँझ ०६:१५ बजे हुनेछ। आज कुनै महत्वपूर्ण कार्यका लागि घरबाट निस्कँदा जीरा खाएर जुनसुकै दिशातर्फ गइए पनि शुभ रहनेछ। विशेष कार्य वा यात्राका लागि बिहान ८:१६ देखि १०:४५ बजेको समय अति शुभ रहनेछ।
मेष: पुराना मित्र तथा आत्मीयजनसँग भेटघाट हुनेछ। नयाँ अवसर हात पार्न मिहिनेत गर्नुपर्नेछ। भावुक निर्णय नगर्नुहोला।
वृष: आत्मविश्वासको कमीले समस्या ल्याउन सक्छ। घरपरिवारमा सानातिना विवाद देखिन सक्छन्। धैर्य र संयम अपनाउनु उत्तम हुनेछ।
मिथुन: व्यवसाय तथा आम्दानीका क्षेत्रमा सकारात्मक सुधार आउनेछ। ज्ञान र सीपको विस्तार हुनेछ। परिवारसँग राम्रो समय बित्नेछ।
कर्कट: सञ्चारमा सजग रहनुहोस्, हडबड नगर्नुहोस्। आर्थिक व्यवस्थापनमा ध्यान दिनु पर्नेछ। सहकर्मीहरूसँग समन्वय आवश्यक छ।
सिंह: प्रतिस्पर्धात्मक क्षमतामा सुधार आउनेछ। तर, ईर्ष्यालु व्यक्तिहरूसँग सचेत रहनुहोस। हडबड नगरीकन निर्णय लिनु राम्रो हुनेछ।
कन्या: आर्थिक पक्ष सुधार गर्ने अवसर मिल्नेछ। तर, अनावश्यक खर्च हुनसक्छ। विचार पुर्याई खर्च गर्नुपर्छ।
तुला: अतिरिक्त आम्दानीका सम्भावना देखिन्छ। आत्मविश्वास बढ्नेछ। पारिवारिक सम्बन्ध सुदृढ हुनेछ।
वृश्चिक: वैचारिक मतभेद हुनसक्छ, तर तपाईंको सोचअनुसार निर्णय लिइनेछ। भाग्यले साथ दिनेछ।
धनु: परिश्रमले राम्रो प्रतिफल दिनेछ। आध्यात्मिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट सहयोग मिल्नेछ।
मकर: मानसिक तनाव तथा चिन्ता बढ्नसक्छ। वाणी संयममा राख्नुपर्नेछ। आर्थिक सूझबूझ आवश्यक छ।
कुम्भ: एकान्तमा समय बिताउन मन लाग्नसक्छ। अनावश्यक जोखिम लिन नहुने दिन हो। मन भावुक बन्नेछ।
मीन: पढाइमा राम्रो सफलता मिल्नेछ। साहस र आत्मविश्वास बढ्नेछ। स्वाभिमानलाई अहंकारमा परिणत हुन नदिनुहोस्।