काठमाडौं, ७ चैत – आजका लागि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी महासंघका अनुसार, बुधबारको मूल्य जस्तै आज पनि सुनको मूल्य १ लाख ७६ हजार रुपैयाँ प्रतितोला कायम रहेको छ। यसको अर्थ, सुनको मूल्य पहिलाजस्तोै कायम रहेको छ।
तर, चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदीको तोलाको मूल्य २०३० रुपैयाँ मा कारोबार हुने छ।