+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

सिरहामा एसईईको सुरुवातमै चरम लापरबाही, परीक्षा सुरु भएको २० मिनेटमै प्रश्नपत्र बाहिरियो

जनवाच
१ महिना अगाडी

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ। परीक्षा सुरु भएको २० मिनेटमै प्रश्नपत्र लिक भएको घटना बाहिर आएपछि परीक्षा सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।

प्रहरी र केन्द्राध्यक्षको मिलेमतो?

स्रोतका अनुसार केन्द्राध्यक्ष र प्रहरी प्रशासनकै सेटिङमा मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ। तर, कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भयो भन्नेबारे अझै खुलासा भएको छैन।

यसपटक परीक्षामा कडाई गरिएको दाबी गरिए पनि पहिलो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रशासनकै संलग्नता रहेको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन्।

जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड कर्मचारी खटाइएको बताए। उनले भने, “पात समेत हल्लिन दिएका छैनौं, प्रश्नपत्र कसरी बाहिरियो? अनुसन्धान गरिरहेका छौं।”

यसवर्ष परीक्षा केन्द्रहरूमा मोबाइल फोन तथा चिट गर्न प्रयोग हुने अन्य सामग्रीमाथि पूर्ण प्रतिबन्ध लगाइएको थियो। तर, परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र बाहिरिएपछि सुरक्षा व्यवस्थामै गम्भीर लापरबाही भएको देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ