काठमाडौं, ६ चैत – डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यसहित सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई दन्त उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंक र एलकेएस डेन्टल सोलुसन्सबीच भएको सहकार्यअनुसार ग्राहकहरूले बैंकको कार्ड वा मोबाइलबैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले यो सहकार्य डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै ग्राहकहरूलाई नगदरहित भुक्तानीप्रति आकर्षित गराउने रणनीतिक पहलको रूपमा लिएको जनाएको छ। बैंकका अनुसार यस किसिमका सुविधाहरूले ग्राहकलाई थप लाभान्वित गर्नुका साथै डिजिटल कारोबारलाई द्रुत रूपमा विस्तार गर्न मद्दत गर्नेछ।
छुट सम्बन्धी थप जानकारीका लागि बैंकको चौबिसै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बताइएको छ।
डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न सिद्धार्थ बैंकले केही समयअघि मात्र ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा समेत सञ्चालनमा ल्याइसकेको छ, जसले ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न अझ बढी उत्प्रेरित गर्नेछ।