+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

नीतिगत सुधार र व्यापार सहजीकरणका लागि निजी क्षेत्रको माग

जनवाच
१ महिना अगाडी

काठमाडौं, ६ चैत – आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट तयारीको सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रका प्रतिनिधिहरूसँग व्यापक छलफल गरेको छ। उद्योगमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा उद्योगी तथा व्यवसायीहरूले नीतिगत सुधारका विभिन्न मागहरू राखेका छन्।

उद्योग, वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले पछिल्लो समय कानुनी सुधार तथा त्यसको कार्यान्वयनले व्यवसायमैत्री वातावरण बन्दै गएको उल्लेख गर्दै अझ प्रभावकारी सुधार आवश्यक रहेको बताए। उनले उद्योग प्रवर्द्धन तथा व्यापार सहजीकरणका लागि सरकारको सक्रिय भूमिका महत्वपूर्ण हुने धारणा राखे।

व्यवसायीहरूले उद्योगमैत्री नीतिहरू कार्यान्वयन गर्न, व्यापार सहजीकरण गर्न तथा कानुनी जटिलता हटाउन आग्रह गरेका छन्। साथै, उपभोक्ता अदालत गठनको स्वागत गर्दै उनीहरूले वाणिज्य अदालत स्थापना गर्नसमेत माग गरेका छन्।

मन्त्री भण्डारीले सरकार नीतिगत सुधारतर्फ क्रियाशील रहेको बताउँदै निजी क्षेत्रका सुझावलाई आगामी नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे। उनले निजी क्षेत्रका लिखित तथा मौखिक सुझावहरूलाई एकीकृत गरी उच्चस्तरीय छलफलमार्फत निष्कर्षमा पुर्याइने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ