+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड, १९ लाखभन्दा बढी लगानीकर्ताको आवेदन

जनवाच
१ महिना अगाडी

काठमाडौं, ५ चैत । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आइपिओ) बाँडफाँड मंगलबार सम्पन्न भएको छ । सार्वजनिक निष्कासनमा अत्यधिक आवेदन परेपछि कम्पनीको शेयर गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो ।

कम्पनीले प्रति शेयर रु. १०० अंकित मूल्यका दरमा १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । ५ दिनको आवेदन अवधिमा करिब १९ लाख ६५ हजार आवेदकले २ करोड २७ लाख ३९ हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए । तर, जसमध्ये १० हजार १२६ जनाको आवेदन विभिन्न कारणले रद्द गरिएको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ । बाँकी रहेका १९ लाख ५५ हजार ६८५ योग्य आवेदकलाई मंगलबार बिहान ८:३० बजे गोलाप्रथा मार्फत बाँडफाँड गरिएको हो ।

कुल २२ लाख ५० हजार कित्ता शेयरमध्ये १०% अर्थात् २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ३% अर्थात् ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि, ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ