+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

स्ववियु निर्वाचनमा विवाद चुल्लिदै, आरआर क्याम्पसमा मध्यराति तालाबन्धि

जनवाच
१ महिना अगाडी

काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। तर, निर्वाचनकै पूर्वसन्ध्यामा कतै असहमति, कतै सुरक्षा चुनौती, त कतै प्रक्रियागत ढिलाइका कारण अन्योलको अवस्था देखिएको छ।

विशेषगरी, आरआर क्याम्पसमा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बेला एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार मध्यराति तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले नक्कली परिचयपत्र (फर्जी कार्ड) जारी गरेको आरोप लगाउँदै तालाबन्दी गरिएको हो। संगठनले निष्पक्ष छानबिनको माग राखेको छ।

यस्तै, सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आजका लागि तय गरिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ। क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना जारी गर्दै केही विद्यार्थी संगठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको जनाएका छन्।

यसैबीच, त्रिवि विश्वविद्यालय क्याम्पसमा पनि आज मतदान हुने छैन। निर्वाचन प्रक्रिया केही ढिलाइका साथ अघि बढेकाले यहाँ मतदान चैत ८ गते हुने तय गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ