+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

धनुषामा चोकको नामाकरण विवादले उग्र रूप लिँदा झडप, ९ प्रहरी घाइते

जनवाच
१ महिना अगाडी

काठमाडौं – धनुषाको सबैला नगरपालिका–९ भठियानमा चोकको नामाकरणलाई लिएर भएको विवाद हिंसात्मक झडपमा परिणत भएको छ। स्थिति नियन्त्रणमा लिन खोज्दा प्रदर्शनकारीको ढुंगामुढाबाट ९ जना प्रहरी घाइते भएका छन्।

धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीका अनुसार घाइतेमध्ये पाँच जना नेपाल प्रहरी र चार जना सशस्त्र प्रहरी छन्। “प्रदर्शनकारीको ढुंगामुढा र भाटाको प्रहारबाट ९ जना प्रहरी घाइते भएका छन्। कसैको टाउको फुटेको छ भने कसैको मुखमा चोट लागेको छ,” एसपी तिवारीले बताए।

चोकको नामाकरणलाई लिएर आइतबारदेखि दुई पक्षबीच तनाव बढेको थियो। केही समयअघि सो चोकमा ‘यादव चोक’ लेखिएको बोर्ड राखिएको थियो। तर, अन्य समुदायले बोर्ड उखेलेपछि स्थिति झन् जटिल बन्दै गयो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा सहिद नगरपालिका–१, कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादव गम्भीर घाइते भएका छन्। यादवलाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ