+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

नेता प्रचण्डकै आलोचना पछि राप्रपा नेता निराजन बम रिहा

जनवाच
१ महिना अगाडी

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपाका युवा संगठनका सदस्य सचिव निराजन बम रिहा भएका छन्।

आइतबार चितवनबाट पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार रिहा गरेको हो। बमको गिरफ्तारीलाई लिएर राप्रपाले तीव्र असन्तोष जनाउँदै यो कदम अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको बताएको थियो।

चासोको विषय के रह्यो भने स्वयं प्रचण्डले समेत फोटो जलाएको आधारमा कसैलाई गिरफ्तार गर्नु उचित नभएको प्रतिक्रिया दिएका थिए। उनका यो भनाइपछि घटनाले नयाँ मोड लिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ