+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको दौडमा पाँच जना

जनवाच
१ महिना अगाडी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि अन्तिम पाँच जनाको नाम सार्वजनिक गरिएको छ। अर्थ मन्त्रालयले प्राप्त १० आवेदकमध्ये पाँच जनालाई अन्तर्वार्ता र व्यावसायिक कार्य योजना प्रस्तुतीकरणका लागि छनोट गरेको हो।

छनोट भएका पाँच उम्मेदवारहरूमा चुडामणी चापागाई, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्याल रहेका छन्। उनीहरूलाई चैत्र ६ गते बुधबार बिहान ७ बजे अर्थ मन्त्रालयमा प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ।

नेप्सेको नेतृत्व चयन प्रक्रियामा पुगेका यी पाँच उम्मेदवारहरूमध्ये कसले जिम्मेवारी सम्हाल्नेछन् भन्ने विषयमा चासो बढेको छ। नेप्से सुधार, लगानीकर्ताको विश्वास अभिवृद्धि र बजार प्रविधीकरणका एजेन्डासहितको नयाँ नेतृत्व खोज्न अर्थ मन्त्रालयले विशेष ध्यान दिएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ