+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

सरकारमा जाने चर्चा निराधार, माओवादीको स्पष्टिकरण

माओवादी नेतृत्व अहिले जनस्तरमा पार्टीलाई सशक्त बनाउन केन्द्रित रहेको र कुनै पनि हालतमा सरकारमा सहभागी हुने कुरा अफवाह मात्र भएको सचिवालयले प्रष्ट पारेको छ

जनवाच
१ महिना अगाडी

काठमाडौं । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) सरकारमा जाने चर्चा चलिरहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले त्यसलाई निराधार बताउँदै खण्डन गरेको छ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा माओवादी केन्द्र सरकारमा सहभागी हुन लागेको दाबी गरिएपछि सचिवालयले विज्ञप्ति जारी गर्दै तत्काल सरकारमा सहभागी हुने कुनै योजना नरहेको स्पष्ट पारेको हो।

प्रचण्डको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (माओवादी केन्द्र) भ्रष्टाचारविरोधी अभियानलाई बलियो बनाउँदै जनतासँग हातेमालो गर्दै अगाडि बढिरहेको छ। यसैक्रममा केही तत्वहरूले हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने नियतले “माओवादी सरकारमा जाँदैछ” भन्ने भ्रामक हल्ला फैलाएका छन्। यसको कुनै सत्यता छैन।’

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ