+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

ज्ञानेन्द्र शाहीको कडा प्रतिक्रिया ‘प्रचण्ड’लाई : ‘झुठा आरोप बन्द गर, देशका लागि काम गर’

शाहीले प्रचण्डलाई विदेशी शक्तिको आदेशमा काम गर्ने आरोप लगाउँदै भने, “देशका लागि केही योगदान गर्नुस्, अब पनि झुठा प्रचारमा लागिरहनुहुन्छ भने नेपाली जनताले माफी दिने छैनन्।”

जनवाच
१ महिना अगाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सार्वजनिक अभिव्यक्तिमा संयम रहन चेतावनी दिएका छन्।

हालै सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘मूर्ति चोर, सुन तस्कर र आफ्नै वंशको नास गर्ने’ भनेर टिप्पणी गरेपछि त्यसको प्रतिउत्तर दिँदै शाहीले सामाजिक सञ्जालमार्फत ती आरोपलाई ‘भट्किला र झुठा’ भन्दै कडा प्रतिक्रिया दिएका छन्।

शाहीले आरोप लगाए कि प्रचण्डले विगतका काला अध्यायहरूलाई बिर्सन खोजे पनि नेपाली जनताले सबै सम्झिरहेका छन्। उनले भने, “१७ हजार निर्दोष नेपाली मार्ने को हो? बाटोमा बम थापेर निर्दोष नागरिकको हत्या गर्ने को हो? विदेशीको इसारामा मन्दिरका पुजारीहरू र गुम्बाका लामाहरूको हत्या गर्ने को हो?” उनले आरोप लगाए कि तत्कालीन माओवादी नेतृत्वले नै यी सबै क्रियाकलाप गरेको हो।

साथै, शाहीले प्रचण्डलाई विदेशी शक्तिको आदेशमा काम गर्ने आरोप लगाउँदै भने, “देशका लागि केही योगदान गर्नुस्, अब पनि झुठा प्रचारमा लागिरहनुहुन्छ भने नेपाली जनताले माफी दिने छैनन्।”

उनले क्यान्टोनमेन्ट घोटाला, सुन तस्करी काण्डजस्ता विषय उल्लेख गर्दै वर्तमान नेतृत्वलाई पारदर्शी शासनका लागि प्रतिबद्ध हुन आग्रह गरे। “अब पनि विदेशीको इसारामा राजनीति गर्ने होइन, देश र जनताको हितमा काम गर्न जरुरी छ,” उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ