+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

स्ववियु निर्वाचनमा बागी उम्मेदवारीप्रति असन्तुष्टि, नेविसंघद्वारा कीर्तिपुर क्याम्पसमा तालाबन्दी

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन २८ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तालाबन्दी गरेको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बागी उम्मेदवारको मनोनयन दर्ता भएपछि नेविसंघले विरोधस्वरूप तालाबन्दी गरेको हो।

नेविसंघका अनुसार, संगठनले औपचारिक रूपमा अध्यक्ष पदमा अनोज कार्की नेतृत्वको प्यानल अघि सारेको थियो। तर, तोकिएको समयसीमा सकिएपछि ‘केन्द्रीय समितिको सिफारिस’ भन्दै नक्कली हस्ताक्षर र छाप प्रयोग गरी उम्मेदवारी दर्ता गरिएको आरोप लगाइएको छ।

नेविसंघ त्रिवि समितिका सभापति विष्णु बडैलाले जारी गरेको विज्ञप्तिमा, समयसीमा कटेपछि पनि उम्मेदवारी स्वीकृत गर्नु निर्वाचन समितिको गैरजिम्मेवारीपन भएको उल्लेख छ। समितिले सो निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने चेतावनी पनि उनले दिएका छन्।

नेविसंघले स्ववियु निर्वाचनको स्वच्छता र विधिसम्मत प्रक्रियाको रक्षा गर्न माग गर्दै आचारसंहिता विपरीतका गतिविधिहरू रोक्न आग्रह गरेको छ। यदि निर्वाचन समितिले अन्यायपूर्ण निर्णय सच्याएन भने अझ आक्रामक आन्दोलन चर्काउने चेतावनी संगठनले दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ