काठमाडौँ – काठमाडौँको चन्द्रगिरिमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। स्थानीय युवक उत्तम कार्कीले आफ्नै घरमा पेट्रोल छर्केर आत्मदाह गर्ने कोसिस गरेका थिए।
गएराती १२ बजे, उनले फेसबुक लाइभमा आएर आफूले प्रहरी प्रशासन र अन्य व्यक्तिहरुबाट मानसिक तनाव भोगिरहेको बताएका छन्। उनले विशेषगरी एक युवतीलाई मानसिक तनावको कारण ठहर गर्दै, सो व्यक्तिका कारण आफूलाई विभिन्न समस्याहरूको सामना गर्नुपरेको र पारिवारिक सम्बन्धमा संकट आएको आरोप लगाएका छन्।
प्रहरीले रातिनै घटनास्थलबाट उद्दार गरेर उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचारका लागि पठाएको जानकारी प्राप्त भएको छ। अस्पताल स्रोतका अनुसार, उनको हात र अनुहार जलेको भए पनि अन्य स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।