काठमाडौं – बकैया गाउँपालिका–४, जुरेलीबजार नजिक आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटना हात्तीसुडेबाट ठूलोदमारतर्फ जाँदै गरेको बा ४०प ५३०६ नम्बरको मोटरसाइकलमा भएको हो।
प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक ३३ वर्षीय रुपक दियालीलाई उपचारको लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको जानकारी प्राप्त भएको छ।