+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

डा. सिके राउत : गणतन्त्रको विकल्प अरुछैन, सुधारिर्नु पर्ने ठूला दलहरू

गणतन्त्रको स्थायित्वका लागि ठूला दलहरू सुधारिनुपर्ने उनको चेतावनीले सत्तारूढ शक्तिहरूलाई आत्मविश्लेषण गर्न बाध्य बनाउने ।

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन २७ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपालमा गणतन्त्रको विकल्प नभएको स्पष्ट पारेका छन्। केही राजावादी शक्तिहरू सक्रिय देखिए पनि तिनलाई बल पुग्नुमा सरकारको कमजोर कार्यसम्पादन जिम्मेवार रहेको उनको तर्क छ।

बर्दिवासमा आयोजित जनमत पार्टीको केन्द्रिय समिति बैठक समापन कार्यक्रममा बोल्दै डा. राउतले गणतन्त्र जोगाउनु आफ्नो पार्टीको प्राथमिकता रहेको बताए। उनले भने, “हाम्रो पार्टी गणतन्त्रको पक्षमा छ, तर हामी समाजवादी गणतन्त्र होइन, नौलो गणतन्त्रको पक्षधर हौं।”

उनले हालै बढ्दो राजावादी गतिविधिहरूप्रति संकेत गर्दै सरकारको कार्यशैली कमजोर हुँदा असन्तुष्टिहरू बढेको उल्लेख गरे। “सरकारको सुशासन र विकासमा कमजोरी हुँदा राजावादीहरूलाई टाउको उठाउने मौका मिलेको हो।”

ठूला दलहरू सुध्रनुपर्ने आवश्यकता
डा. राउतले ठूला दलहरू सुधारिनुपर्नेमा जोड दिए। “गणतन्त्रलाई सुदृढ गर्न ठूला दलहरू स्वयं जिम्मेवार बन्नुपर्छ। सरकारको प्रदर्शन कमजोर रहँदा जनतामा निराशा पैदा हुन्छ, जसले विकल्प खोज्ने अवस्था सिर्जना गर्छ,” उनले भने।

समाजवादी मोर्चाको प्रदर्शनलाई लिएर असहमति
समाजवादी मोर्चाले गर्ने प्रदर्शनबारे फरक धारणा राख्दै डा. राउतले सडक प्रदर्शनको साटो व्यवहारिक सुधार आवश्यक रहेको बताए। “नेपालको वर्तमान परिस्थितिमा समाजवादको भन्दा नौलो गणतन्त्रको आवश्यकता छ,” उनले दोहोर्‍याए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ