+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

राजावादीको प्रदर्शन प्रती सरकारको बेवास्ता, प्रचण्ड भन्छन्– ‘कुनै प्रभाव छैन’

जनवाच
१ महिना अगाडी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुको प्रदर्शनलाई सरकारको लागि गम्भीर विषय मान्न नपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

राजसंस्थाको पुनःस्थापनाका लागि भइरहेको प्रदर्शनबारे प्रश्न उठ्दै गर्दा प्रचण्डले ‘यस्ता गतिविधिले सरकार वा जनताको मनोबल कमजोर पार्न नसक्ने’ बताए । ‘हामीले ठूलो संघर्ष गरेका छौँ, यस्ता साना प्रदर्शनले कुनै फरक पार्दैन,’ उनले भने ।

राजावादी आन्दोलनबारे सरकारको धारणा प्रष्ट पार्दै प्रचण्डले यस्ता गतिविधिहरूलाई सरकारले नियालिरहेको र आवश्यक परेमा कदम चाल्न पछि नपर्ने बताए । साथै, उनले जनतामाझ सरकारप्रति केही असन्तुष्टि रहेको स्वीकार गर्दै पार्टीस्तरमा त्यसको समाधानबारे छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ