काठमाडौँ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक–इनमा राखिएको सेयरको लक–इन अवधि सकिएको छ। संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार ४६९ कित्ता गरी कुल ७ लाख ५ हजार ४६९ कित्ता सेयरको लक–इन अवधि आज भदौ ७ गते समाप्त हुन लागेको हो।
संस्थाले २०७८ साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) लाई आईपीओ निष्कासन गरेको थियो। उक्त आईपीओ २०७८ भदौ ७ गते बाँडफाँड गरिएको थियो।
सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको र कर्मचारीलाई बाँडफाँड गरिएको सेयर लक(इनमा राख्नु पर्ने व्यवस्था भएबमोजिम उक्त सेयर लक(इनमा राखिएको संस्थाले जनाएको छ।
लकइन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन्। तर संस्थाको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा संस्थाको उच्च तहमा रहेका कर्मचारीले भने सेयर खरिदबिक्री गर्न नपाउने संस्थाले स्पष्ट पारेको छ ।