काठमाडौं – नेपाली मिडिया क्षेत्रमा दुरदर्शी नेतृत्व र उत्कृष्ट व्यवस्थापन क्षमता प्रदर्शन गरेको भन्दै अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत अमेरिकामा सम्मानित भएका छन् । न्यूयोर्क राज्यका एसेम्बली मेम्बर डेभिड आई वेप्रिन ले उनलाई विशेष सम्मानपत्र प्रदान गरेका हुन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा न्यूयोर्कबाट सञ्चालित त्रिवेणी टाइम्स को सिफारिसमा बस्नेतलाई यो सम्मान दिइएको हो । सम्मानपत्रमा १५ वर्षदेखि बस्नेतले अन्नपूर्ण मिडिया नेटवर्कलाई अग्रणी नेपाली मिडिया हाउसका रूपमा स्थापित गर्न पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गरिएको छ । अमेरिकी राजनीतिमा वेप्रिनको प्रभावशाली भूमिकासन् २०१० मा पहिलोपटक न्यूयोर्क राज्यको एसेम्बली मेम्बरमा निर्वाचित भएका वेप्रिन त्यसयता हरेक निर्वाचनमा पुनः निर्वाचित हुँदै आएका छन् । उनी न्यूयोर्क राज्यको इन्सुरेन्स कमिटीका अध्यक्ष हुनुका साथै बैंकिङ, न्यायिक समिति र एसियन–प्यासिफिक अमेरिकी टास्कफोर्स लगायत विभिन्न महत्त्वपूर्ण कमिटीका सदस्य रहेका छन् । बस्नेतको नेतृत्वमा अन्नपूर्ण मिडियाको उचाइनेपाली पत्रकारिता क्षेत्रमा विशिष्ट पहिचान बनाएको अन्नपूर्ण मिडिया नेटवर्क नेपालकै लोकप्रिय, प्रभावशाली र अग्रणी मिडिया हाउसको रूपमा स्थापित भइसकेको छ । बस्नेतको कुशल व्यवस्थापन र रणनीतिक सोचले नेटवर्कलाई नयाँ उचाइमा पुर्याएको भन्दै अमेरिकामा समेत उनको कार्यको उच्च मूल्याङ्कन गरिएको छ ।