+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य

स्वास्थ्य दूत कार्यान्वयनको तयारी: बालबालिकाहरुमार्फत समुदायमा स्वास्थ्य सचेतना फैलाउने योजना

यो पहलले, भौतिक कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीलाई पनि उच्च शिक्षा प्राप्त गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुटवल स्थित कालिका बहुमुखी क्याम्पसको डिजिटल स्टुडियोको उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रमा सुधार र समुदायस्तरमा सचेतनाको महत्त्वपूर्ण योजना सार्वजनिक गरेका छन्।

मन्त्री पौडेलले उद्घाटन कार्यक्रममा आफ्नो नेतृत्वमा संघीय अस्पतालहरूको सेवा स्तरमा सुधार आएको उल्लेख गर्दै, नागरिकको जटिल रोगको उपचार सेवा विस्तार र सुधारमा निरन्तर प्रयास भइरहेको बताए। उनले भने, “हामीले स्वास्थ्य सेवामा सुधार ल्याउन इमानदार प्रयास गरेका छौं र अबको स्वास्थ्य सेवा ढाँचामा थप परिवर्तन र प्रगति हुनेछ।”

यद्यपि, पौडेलले खासगरी विद्यालयहरूमा “स्वास्थ्य दूत” नियुक्त गर्ने योजना बारे पनि जानकारी दिए, जसका माध्यमबाट बालबालिकाहरूको मार्फत स्वास्थ्यसम्बन्धी सचेतना समुदायसम्म पुर्याइने छ। “हामी शिक्षा मन्त्रालयसँग मिलेर विद्यालयमा स्वास्थ्य शिक्षा अनिवार्य बनाउने र पाठ्यक्रम सुधार गर्ने प्रक्रिया अघि बढाइरहेका छौं,” उनले थपे।

उनको भनाइ थियो, “स्वस्थ जीवनशैलीका प्रभावकारी विधिहरूको प्रवद्र्धन गर्न हामी विद्यालय शिक्षाको माध्यमबाट नागरिकलाई स्वस्थ बनाउने प्रयासमा जुटिरहेका छौं।”

साथै, पौडेलले स्वास्थ्य उपचार र सेवा वितरणमा सुधारको अर्को कदमको रूपमा विद्युतीय चिकित्सा व्यवस्थापन प्रणालीको कार्यान्वयन प्रक्रिया पनि अघि बढिरहेको बताए। यस प्रणालीले नागरिकको स्वास्थ्यसम्बन्धी तथ्यांकलाई एकै स्थानमा सुरक्षित गरेर स्वास्थ्य सेवामा थप पारदर्शिता र प्रभावकारिता ल्याउने छ।

कालिका बहुमुखी क्याम्पसका प्रमुख घनश्याम पाठकले, सरकारी क्याम्पसहरूको बीचमा अनलाइन पठनपाठनका लागि भिडियो कक्षाको शुरुवात गर्दै, डिजिटल प्रविधिको उपयोगलाई बढी प्रभावकारी बनाउने प्रयास भएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ