+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

पर्वतको सेतीवेणीमा जीप दुर्घटना: दुई जनाको मृत्यु, घाइतेको उपचार जारी

जनवाच
१ महिना अगाडी

काठमाडौं – पर्वतको बिहादी गाउँपालिका–सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका छन् भने छ जना घाइते भएका छन्।

गुल्मीको पूर्तीघाटबाट वालिङतर्फ जाँदै गरेको लु १ ज ४४६० नम्बरको जीप मंगलबार दुर्घटनामा परेको हो। दुर्घटनामा बिहादी गाउँपालिका–३, पर्वतका मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका–५, गुल्मीकी ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रवीन विष्टले जानकारी दिए।

छ जना घाइतेको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीको भनाइ छ। जीपमा सवार एकजना बालक भने सकुशल रहेको बताइएको छ।

डिएसपी विष्टका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। ‘प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान गरिरहेको छ,’ उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ