+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थतन्त्र

डलरको भाउ आज पनि घढ्यो, अरुको कतिछ ?

जनवाच
१ महिना अगाडी

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। पछिल्ला केही दिनयता विदेशी मुद्राको विनिमयदरमा सामान्य उतारचढाव देखिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९३ पैसा रहेको छ। पछिल्लो केही दिनयता अमेरिकी डलरको विनिमयदर क्रमशः ओरालो लागेको देखिन्छ। सोमबार खरिददर १३९ रुपैयाँ ५० पैसा र बिक्रीदर १४० रुपैयाँ १० पैसा रहेकोमा मंगलबार त्यसमै थोरै गिरावट आएको थियो।

युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४७ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा निर्धारण भएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा छ। कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा रहेको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४ रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रुपैयाँ १० पैसा रहेको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा तोकिएको छ। स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३ रुपैयाँ २७ पैसा रहेको छ भने डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९ रुपैयाँ ७३ पैसा रहेको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १८ रुपैयाँ निर्धारण गरेको छ। कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ४२ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७१ रुपैयाँ २७ पैसा छ। ओमनी रियाल एकको खरिददर ३६१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४७ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ