काठमाडौँ – महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनुपर्दा तिल वा धनिया मुखमा राखेर जुनसुकै दिशामा यात्रा गर्दा सफलता प्राप्त हुनेछ। शुभ कार्यका लागि बिहान ६:२३ देखि ७:५१ सम्मको समय विशेष लाभदायक छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज मानसिक स्फूर्ति बढ्नेछ। पारिवारिक साथ पाइनेछ भने आर्थिक पक्ष सुदृढ रहने संकेत छ। नयाँ योजनामा लगानी गर्न अनुकूल दिन।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आत्मविकासको समय हो। कार्यक्षेत्रमा सफलता मिल्नेछ तर जिद्दीपनले समस्या ल्याउन सक्छ। सोचेर मात्र निर्णय लिनु होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आम्दानीमा उतारचढावको समय हो। आर्थिक सुरक्षामा ध्यान दिनुहोला। महत्त्वपूर्ण निर्णय गर्दा सचेत रहनु उपयुक्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आज जुनियर स्टाफ वा साथीहरूको कारण चिन्ता बढ्न सक्छ। तर हिम्मतले सफलता हात लाग्नेछ। शुभचिन्तकहरूको साथ लाभदायक हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – कार्यक्षेत्रमा विस्तार र सफलता मिल्ने संकेत छ। सामाजिक प्रतिष्ठा बढ्नेछ। परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सार्वजनिक कार्यमा संलग्नता बढ्नेछ। नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ। यात्रा वा अध्ययनको अवसरलाई उपयोग गर्नुपर्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – दिन विशेष सतर्कता अपनाउनु पर्नेछ। काममा अरूको भर पर्नु हुँदैन। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – सरलता र समझदारीले फाइदा पुग्नेछ। कुनै महत्त्वपूर्ण निर्णय लिनु छ भने आत्मविश्वासका साथ अघि बढ्न सक्नुहुन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – अध्ययन र पेशागत क्षेत्रमा सफलता मिल्नेछ। परिवारको चाहनालाई प्राथमिकता दिनु उचित हुनेछ। स्वास्थ्यमा ध्यान दिनुपर्ने दिन।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – इच्छा पूरा हुने दिन हो। माया, समझदारी र भावनात्मक सम्बन्ध मजबुत बन्ने संकेत छ। नयाँ सीप वा ज्ञान प्राप्त गर्न उपयुक्त समय।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – पारिवारिक सम्बन्ध सुधार्नुपर्ने समय छ। कामको सिलसिलामा यात्रा सम्भावना छ। आर्थिक व्यवस्थापनमा ध्यान दिनु उपयुक्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मेहनत अनुसारको प्रतिफल प्राप्त हुनेछ। नयाँ अवसरको ढोका खुल्ने सम्भावना छ। सामाजिक कार्यमा संलग्न हुँदा कार्यमा बाधा नपुर्याउने ध्यान दिनु होला।