+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

स्थानीय अवरोध हटेसँगै नागढुंगा सुरुङ मार्गको काम पुनः सुरु

जनवाच
१ महिना अगाडी

काठमाडौँ । नागढुंगा सुरुङ मार्ग निर्माणमा अवरोध सृजना भएको केही घण्टापछि सोमबार बेलुका पुनः काम सुचारु भएको छ।

धादिङको धुनीवेशी नगरपालिकामा एक स्थानीयको घरमा क्षति पुगेको भन्दै प्रभावित पक्षले काम रोक्न आग्रह गरेपछि सोमबार बिहानदेखि निर्माण कार्य अवरुद्ध भएको थियो। तर, सडक विभागमार्फत छलफल गरी आवश्यक निर्णय लिने सहमतिपछि स्थानीयले अवरोध हटाएका छन्।

नागढुंगा सुरुङ मार्ग आयोजनाका प्रमुख सञ्जय पन्थका अनुसार अवरोध हटेसँगै सुरुङ निर्माणको कार्य पुनः सुरु भएको छ।

आयोजनाका अनुसार हालसम्म नागढुंगा सुरुङ मार्गको भौतिक प्रगति ८६ प्रतिशतभन्दा बढी पुगेको छ। अन्डरपास, बक्सकल्भर्ट र ओभरपास निर्माण पूरा भइसकेका छन् भने तीन वटा पुलहरू समेत बनिसकेका छन्।

फ्लाईओभरको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। हालसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ